धनगढी — धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वरी सामुदायिक वन क्षेत्रभित्र आइतबार दुई जना मृत फेला परेका छन् । एक जना झुण्डिएको र एकजना त्यस नजिकै लडेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार धनगढी-१० का ३२ वर्षीय देवल चौधरी र ५२ वर्षीय कैदा राना मृत भेटिएका हुन् ।
मृतक चौधरी रुखमा झुन्डिएको अवस्थामा र राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । घटनाको अनुसन्धान भइरहेको बोहराको भनाइ छ ।
