निगालो काट्न जंगल हिँडेका वृद्ध ८ दिनपछि मृत फेला

फाल्गुन १६, २०८१

मनोज बडू

An old man who went to the forest to cut his eyes was found dead after 8 days

दार्चुला — नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता घरबाट निस्केको ८ दिनपछि मृत फेला परेका छन् ।

फागुन ६ गते निगालो काट्न जंगल गएका ७६ वर्षीय महता घर नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए । बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ६ गते निगालोको चोया निकाल्न भन्दै उनी घरबाट जंगल हिँडेका थिए । धेरै दिनसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले खोज्ने क्रममा बुधबार उनको शव भीरमा फेला परेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully