ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

फाल्गुन १५, २०८१

भवानी भट्ट

Woman dies after being hit by a truck

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । उनका अनुसार मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन् । उनको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully