दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका-९ बस्कोटस्थित चमेलिया नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
मंगलबार बिहान लेकम गाउँपालिका-२ गराडीका ३८ वर्षीय दिपक दमाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
