बझाङको वित्थडचिरमा शिक्षक मृत फेला

फाल्गुन १२, २०८१

वसन्तप्रताप सिंह

Teacher found dead in Bajhang's Vitthadchir

बझाङ — बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।

सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको हो ।

यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ । प्रहरी पुगेपछि घटना विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully