भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

फाल्गुन ८, २०८१

मनोज बडू

A police constable died after falling from a cliff

दार्चुला — डिलासैनी गाउँपालिका–३ को सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भीरबाट लडेर मृत्यु भएको छ ।

बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेका अनुसार बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिल भीरमा लडेर गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधबार बेलुका घरबाट कार्यालय फर्किने बेला बारिलमै भीरबाट लडेर गम्भीर घाइते भएका थिए । तत्काल उनलाई गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए । मृत्तक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully