अछाममा रुखबाट लडेर महिलाको मृत्यु

माघ २९, २०८१

मेनुका ढुंगाना

A woman died after falling from a tree in Achham

अछाम — अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा उनी घाँस काट्न गएकी थिइन् । 

लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डीएसपी भण्डारीले बताए । ६५ वर्षीया निखिरालाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनका श्रीमान् देवबहादुर नेपालीले बताए ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully