कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला

माघ २४, २०८१

अर्जुन शाह

The person who was living in Kuruwa was found dead in the toilet of the hospital

धनगढी — धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना बुधबार राति मृत फेला परेका छन् । डेढ वर्षका भतिजाको उपचारका क्रममा उनी अस्पतालमा कुरुवा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराका अनुसार राना बुधबार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।

शौचालय गएका उनी धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully