दुई भारतीयसहित तीनजना बन्दुकसहित पक्राउ 

माघ २२, २०८१

अर्जुन शाह

Three people, including two Indians, were arrested with guns

धनगढी — कैलालीको धनगढीबाट दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

मंगलबार धनगढी उपमहानगरपालिका–१९ बाट भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले बताए । उनका अनुसार उनीहरुबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully