छाउगोठ बसेकी महिला चितुवाको आक्रमणबाट घाइते

माघ १४, २०८१

अर्जुन शाह

A woman living nearby was injured by a leopard attack

धनगढी — छाउगोठमा बसेको अवस्थामा कैलालीको मोहन्यालकी एक महिला आइतबार राति चितुवाको आक्रमणमा परेर घाइते भएकी छिन् । मोहन्याल गाउँपालिका-७ कुइनेकी ४० वर्षीया एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।

चितुवाको आक्रमणबाट महिलाको टाउको र गालामा चोट लागेको छ । उनलाई उपचारका लागि लम्की ल्याउन लागिएको स्थानीयबासीले बताए । चितुवाको आक्रमणबाट घाइते भएकी महिला घटनापछि उक्त छाउगोठ छाडेर अर्को खाली घरमा बसेकी छन् । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully