कैंची प्रहार गरी भाइद्वारा दाजुको मृत्यु

माघ १३, २०८१

अर्जुन शाह

Brother-in-law killed by scissors

धनगढी — धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलका ३५ वर्षीय लालबहादुर बोहराको हत्या भएको छ । उनकै भाइले कैँची प्रहार गरी उनको हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा लालबहादुरका ३० वर्षीय भाइ प्रकाश बोहराले शनिबार राति लालबहादुरलाई कैंची प्रहार गरेका थिए ।

भाइले घाँटीमा कैंची प्रहार गरेपछि गम्भीर घाइते भएका लालबहादुरलाई उपचारका लागि राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका भाइ प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully