कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीबाट डेढ किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार बझाङको बित्थडचिर गाउँपालिका–१ का गमीलाल बोहरालाई पक्राउ गरेको हो ।
पूर्व राजमार्गमा झोलामा १ किलो ५ सय ८६ ग्राम चरेस बोकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीले बताए ।
