दार्चुला — भित्ता खार्ने क्रममा माथिबाट पहिरोले एक्स्काभेटर पुरिएर घाइते भएका एक्स्काभेटर चालकलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको छ ।
शुक्रबार बिहानै महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठामा पहिरो खस्दा गम्भीर घाइते अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेर जिल्ला अस्पताल पुर्याएका एक्स्काभेटर चालकलाई सेनाको हेलिकोप्टरबाट अपराह्न नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन् ।
सदरमुकामदेखि करिब तीन किलोमिटरमा रहेको ठड्याकाठामा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर जाजरकोट जिल्ला जुलीचादे गाउँपालिका–११ घर भएका रेसम बुढा गम्भीर घाइते भएका थिए ।
घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको प्रजिअ जोशीले बताए ।
दार्चुला–गोकुलेश्वर सडकखण्डको ठड्याकाठा भीरमा सुख्खा पहिरो खस्दा लोक मार्ग बन्द रहेको छ । बिहानैबाट सडकअवरुद्ध भएपछि सदरमुकाम बाहिरिने र भित्रिने यात्रुहरूमा अलपत्र परेका छन् ।
