बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–४ भटनास्थित एक घरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति भएको छ ।
यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज भएको आगलागीबाट सात लाख बढीको क्षति भएको छ ।
भट्टको घरमा बालेको दियोबाट आगो सल्किँदा उक्त परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा रु सात लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
