धनगढी — घाँस काट्ने क्रममा रुखबाट खसेर बाजुरामा एक शिक्षिकाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको बिहीबार बिहान घर नजिकै डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएपछि घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।
उनी बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी शिक्षिका हुन् ।
उनलाई उपचारका लागि ब्रम्ह्रतोला स्वास्थ्य चौकी पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
