प्रतिबन्धित औषधि विक्री गरेको आरोपमा क्लिनिक सञ्चालक पक्राउ

पुस २५, २०८१

अर्जुन शाह

Clinic operator arrested for selling banned drugs

धनगढी — कैलाली प्रहरीले एक जना क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-६ बस्ने ४५ वर्षीय हेमराज सुवेदीलाई प्रतिबन्धित औषधि विक्री गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो । 

सुवेदीद्वारा सञ्चालित खेमलता क्लिनिकबाट प्रतिबन्धित औषधि ९४८ ट्याब्लेट पेगारोन र ४३ ट्याब्लेट पीजीएबी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए । उनका अनुसार यी दुवै औषधि चिकित्सकको परामर्शबिना विक्री गर्न पाइँदैन । सुवेदीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइएको प्रहरीको भनाइ छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully