ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु

पुस २४, २०८१

मोहन शाही

A policeman died in the line of duty

डोटी — इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार  बिहान (आज)  ०३:१५ बजे ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो।

अस्पतालले  पालीलाई ६:४० बजे मृत घोषणा गरेको हो । मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको छ बताइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार पालीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइएको छ ।

मोहन शाही

Link copied successfully