दार्चुला — निजी विद्यालयहरूको साझा संगठन प्याब्सन दार्चुलाको अध्यक्षमा विक्रमसिंह रैखोला चयन भएका छन् ।
न्युमोडर्न स्कुल गल्फैका प्रिन्सिपल रैखोला प्याब्सन दार्चुलाको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा वीरसिंह बुढाथोकी, सचिव सन्तोषसिंह ढाट, कोषाध्यक्षमा कृष्णा पन्त अवस्थी र तीन सदस्य चयन भएका छन् ।
छैटौँ जिल्ला अधिवेशन प्याब्सन दार्चुलाका निवर्तमान अध्यक्ष प्रवेशप्रताप ऐतवालको अध्यक्षता, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष समरजङ बहादुर चन्दको प्रमुख आतिथ्य एवं कोषाध्यक्ष भवनसिंह बिस्टको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।
