स्वास्थ्य अवस्था बुझ्न धनगढीका मेयर हमालको निवास पुगे दाहाल

पुस १३, २०८१

अर्जुन शाह

Dahal went to the residence of Hamal, the mayor of Dhangadhi, to understand the health condition

धनगढी — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभाका लागि यहाँ आएका दाहालले हमालको धनगढीस्थित निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरेका छन् । 

Dahal went to the residence of Hamal, the mayor of Dhangadhi, to understand the health condition

नगरप्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न चर्चित भारतीय टेलिश्रृंखला ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेका अभिनेता नीतिश भारद्धाज लगायतका व्यक्तिहरु हमालको निवासमा पुगेका छन् । नगरप्रमुख हमालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । मंसिर २१ गते उनलाई मष्तिष्कको पक्षाघात भएपछि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पिसियालिटी हस्पिटलमा उपचार गरिएको थियो । 

उपचारपछि क्रमसः स्वास्थ्यमा सुधार भएपछि एक साताअघि उनी धनगढी फर्किएका छन् । हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल गर्न र सहयोगीको सहारामा आँगनमा हिँड्डुल गर्न थालेका छन् । उनलाई भेट्न र स्वास्थ्यलाभको कामना गर्न दैनिक घुइँचो लाग्ने गरेको छ । 

Dahal went to the residence of Hamal, the mayor of Dhangadhi, to understand the health condition

उनले केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सञ्चो भएर काममा फर्किने उनले विश्वास गरेका छन् ।  नगरप्रमुख हमाल स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

Dahal went to the residence of Hamal, the mayor of Dhangadhi, to understand the health condition

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully