धनगढी — सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेसनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि धनगढीमा ‘बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले महोत्सवको आयोजना गरेको हो । ‘पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजनाले सुदूरपश्चिमको शैक्षिक, आर्थिक एवं सामाजिक विकासमा योगदान दिने छ भन्ने विश्वास गरेका छौं,’ पुस्तक व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले भने, ‘महोत्सवमा एक सय स्टल राखिएको छ ।
एक सातासम्म सञ्चालन हुने महोत्सवको मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।
