डोटीमा आगो ताप्ने क्रममा महिला घाइते

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Woman injured while heating fire in doti

डोटी — सायल गाउँपालिका-१ छपालीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

सोमबार दिउँसो मोती थापाकी श्रीमती ६० वर्षीया सरुदेवी थापा आफ्नै घरमा आगो ताप्ने क्रममा दुर्घटनामा परेकी हुन् । आगोको झिल्का उनले ओढेको सलमा परेर  सल्किंदा कम्मरभन्दा मुनिको भाग जलेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घटनापछि घाइते सरुदेवी थापालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा लगिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully