धनगढीका चार पसलमा आगलागी 

पुस ८, २०८१

अर्जुन शाह

Fire broke out in four shops in Dhangadhi

धनगढी — धनगढीका चार वटा पसलमा आगलागी भएको छ । आइतबार राति सहीदगेटस्थित समीर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यू लब्ली टेलर्स र कृष्ण इन्टरप्राइजेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कृष्ण इन्टरप्राइजेजको एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोबाइल ग्यालरीको १० लाख, आर्टको नौ लाख, टेलर्सको पाँच लाख क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए । बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully