गेटामा मेडिकल कलेज सञ्चालन गर्न पहल गर्छु : कोइराला

पुस ७, २०८१

अर्जुन शाह

Initiative to start a medical college in Geta: Koirala

धनगढी — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन् ।

‘गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको रहेछ,’ आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘त्यहाँ शिक्षण अस्पताल सञ्चालन गर्न जरुरी छ । म त्यसका लागि पहल गर्छु ।’ 

सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै रहेको छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully