महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, स्थानीयले नियन्त्रणमा लिए चालक

पुस ७, २०८१

मनोज बडू

An Indian excavator arrived after the Mahakali, the driver was taken under control by the locals

दार्चुला — दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) भारतीय एक्स्काभेटर आएको छ । आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको छ । 

स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएको छ । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ । 

An Indian excavator arrived after the Mahakali, the driver was taken under control by the locals

An Indian excavator arrived after the Mahakali, the driver was taken under control by the locals

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully