धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्यायलाई नियुक्त गरेका छन् । सुदूरपश्चिममा पहिलो पटक मुख्यमन्त्रीको सल्लाहकारको व्यवस्था गरिएको हो ।
कैलालीको टीकापुर नगरपालिका–१ घर भएका उपाध्याय यसअघि क्यानडा बस्दै आएका थिए ।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालका अनुसार ‘फुड साइन्स’ मा विद्यावारिधि गरेका उपाध्याय क्यानडामा प्राध्यापनमा संलग्न थिए ।
मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि ०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम डा. उपाध्यायले एघारौं तह वा सो सरहको सेवा सुविधा पाउने व्यवस्था छ ।
