खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

मंसिर ३०, २०८१

भवानी भट्ट

Indian national arrested with brown heroin

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजार क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार भारत उत्तराखण्डको उधमसिंहनगर खटिमाका सलमान शाह र प्रभजोत सिंह खिंडालाई पक्राउ गरिएको हो । उनीहरुबाट ११ दशमलव ८३ ग्राम खैरो हेराइन बरामद भएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully