भिरबाट लडेर एक जनाको मृत्यु

मंसिर २३, २०८१

मनोज बडू

One person died after falling from a cliff

दार्चुला — महाकाली नगरपालिका–७ ओखलगाडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार स्थानीय पहरे खोला भिरबाट लडेर ओखलगाडास्थित लिखाडका ४८ वर्षीय रतनसिंह कुँवरको मृत्यु भएको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो घरबाट घाँस काट्न गएका कुँवर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको आफन्तले बताएको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully