कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

मंसिर २१, २०८१

रासस

The death of Giri, Ward President of Mohanyal Rural Municipality-3 of Kailali

कैलाली — कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो । 

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको थिए । उनका श्रीमतीसहित दुई छोरा र  एक छोरी छन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए ।

रासस

Link copied successfully