धनगढी — कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनीयाका द्वारिकाप्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा मंगलबार राति आगलागी भएको छ ।
आगो निभाउने क्रममा ८२ वर्षीय मुक्तिप्रसाद धमला, ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाइते भएका छन् । आगलागीको कारण भने खुलेको छैन ।
घाइतेहरुको बर्दगोरिया अस्पतालमा उपचार पश्चात अहिले डिस्चार्ज भएको कैलाली प्रहरी प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।
आगलागीबाट गोदाममा रहेको करिब ७० देखि ८० लाख मुल्य बराबरको कपडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
