कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रयोग गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार ४९ वर्षीय नरेन्द्रसिंह विष्टले ३० वर्षीया ज्योति विष्टको हँसिया प्रहार गरी हत्या गरेका हुन् । विष्टलाई नियन्त्रणमा लिएको उनले बताए ।
