धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् ।
सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा प्रदेश सरकार छ । यसअघि माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको सरकार थियो । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
नागरिक उन्मुक्ति र समाजवादीका मन्त्रीलाई भने यथावत राखेका छन् ।
