दार्चुला — गोकुलेश्वरमा मेला हेर्न पुगेका एक जनाको चौलानी नदीमा बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ देवगाउँका ६१ वर्षीय जयबहादुर नाथ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता राजेश शाहीका अनुसार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारमा जारी रहेको गोकुलेश्वर मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका थिए । उनको उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रवक्ता शाहीले बजाए ।
