९ किलो चरेससहित कैलालीमा तीन जना पक्राउ

फाल्गुन १०, २०७९

मोहन बुडाऐर

धनगढी — कैलाली जिल्ला प्रहरीले धनगढी उपमहानगर–१४ बाट नौ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका अधारमा नेपालबाट भारततर्फ जाँदै गरेका रोल्पा थ्वाङ –५ का ४५ वर्षीय कुमार पुन, दाङ लालमरिया –१ की ३९ वर्षीया पुनम पुन र दिलमाया पुनको साथबाट चरेस बरामद गरिएको हो । 

पछिल्लो समयमा कैलालीको खुल्ला सीमाबाट लागूऔषध करोबार बढेको प्रहरीले बताएका छन् । प्रहरी उपरीक्षक दीपेन्द्र पालले भारतबाट खैरो हेरोइनजस्ता लागूऔषध भित्रिने गरेको जानकारी दिए । नेपालबाट भारततर्फ चरेस जाने गरेको छ । उनले खुल्ला सीमाका कारण लागूऔषध कारोबार अवैध नाकाबाट बढी भइरहेको छ । 

प्रहरीले विगत तीन महिनामा ३ किलो ४९ ग्राम ६८० मिलिग्राम चरेस र भारतबाट आउने, नाइट्राभेट १ सय २८ ग्राम र अन्य लागूऔषध ८८ ग्राम बरमद भएको छ । 

मोहन

Link copied successfully