काठमाडौँ — बाजुराको बिच्छ्या केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार दिउँसो १:४५ बजे बाजुराको बिच्छ्या केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सोही स्थानमा एक महिनाअघि पनि ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा १ जनाको मृत्यु भएको थियो ।
