सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह

पुस २०, २०७९

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

लामो रस्साकस्सीपछि कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित शाह संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश सांसद पदमबहादुर शाहीले बताए ।

सांसदहरु बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले संसदीय दलको नेता हुन दौडधुप गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । अन्य दलहरु माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले यसअघि नै दलको नेता चयन गरिसकेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully