सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा भट्ट

पुस १७, २०७९

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट निर्विरोध निर्वाचित भएका छन् । आइतबार भट्टलाई संसदीय दलको नेता चयन गरिएको प्रदेशसभा सदस्य मानबहादुर धामीले जानकारी दिए । 

संसदीय दलको नेता चयन गर्नका लागि माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक शनिबार र आइतबार बसेको थियो । संसदीय दलको नेतामा भट्टसँगै ओमविक्रम भाटले पनि दाबी गरेका थिए । 

प्रदेशसभा सदस्य धामीका अनुसार संसदीय दलको बैठकमा भट्टलाई सर्वसम्मत चयन गर्ने विषयमा सहमति बनेको बताएका छन् । भाटले संसदीय दलको नेतामा दाबी रहे पनि अहिलेको अवस्थामा मिलेर जानुपर्ने भएकाले भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी दोस्रो दल बनेको छ । माओवादीका ११ सांसद प्रदेशसभामा छन् । 

कान्तिपुर

Link copied successfully