बझाङ प्रदेश (२) मा माओवादी केन्द्र विजयी

मंसिर ८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — बझाङ प्रदेशसभा सदस्य ( २) मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी विमलकुमार अधिकारीका अनुसार गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का भण्डारीले १३ हजार ८७९ मत प्राप्त गरेका छन् । 

नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् ।  उनीहरुको मतान्तर दुई हजार पाँच सय ४२ रहेको छ ।

कान्तिपुर

Link copied successfully