मेसी–रोनाल्डो प्रतिद्वन्द्विता, जसले बदल्यो फुटबल

विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एक हुन् मेसी, अनि रोनाल्डो इतिहासकै सबैभन्दा उत्कृष्ट गोलकर्ता, दुवै यस पटक सम्भवतः अन्तिम विश्वकप खेल्दै

जेष्ठ २४, २०८३

एन्डी क्रेयर

The Messi-Ronaldo rivalry that changed football

What you should know

काठमाडौँ — सन् २००७ मा फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड ब्राजिलका काकाले जितेका थिए । तर त्यही बेला सबैको ध्यान खिच्ने काम युवा उमेरमा रहेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले गरे । त्यही बेला एक प्रकारले यी दुईबीचको प्रतिद्वन्द्विता सुरु भयो भन्दा हुन्छ । 

भयो के भन्दा त्यस अवार्ड होडमा मेसी दोस्रो र रोनाल्डो तेस्रो भएका थिए । तर अवार्ड दिइरहेका पेलेले भुलवश रोनाल्डोलाई दोस्रो ट्रफी दिए । जुरिच ओपेरा हाउसमा भएको त्यस कार्यक्रममा ठीक त्यही बेला फिफा अध्यक्ष सेप ब्लाटरले हस्तक्षेप जस्तै गरे र एक अर्कोको ट्रफी साटासाट गर्न मदत गरे । 

यो मानवीय भुल मेसी र रोनाल्डो दुवैका लागि मन भने परेको थिएन । त्यसपछिको १० वर्ष बालोन डी‘अर होस् वा फिफाको अवार्ड । यिनै दुई खेलाडीले पालैपालो जिते । अझ सन् २००७ यता २९ मध्ये २० अवसरमा उत्कृष्ट खेलाडीको अवार्ड यिनै दुई खेलाडीले हात पारेका छन् ।

अहिले यी दुई खेलाडी एक आपसमा २ हजार गोल गर्नेक्रममा छन् । अनि आफ्नो देश र क्लबका लागि ८५ उपाधि जितिसकेका छन् । व्यक्तिगत अवार्ड त कति कति । त्यसैले पनि विश्व फुटबल इतिहासमा यी दुई खेलाडीलाई सबैभन्दा बढी सफल मानिनेछ । उनीहरूबीचको आपसी प्रतिद्वन्द्विताले खासमा विश्व फुटबलको पछिल्लो दुई दशकलाई आकार दिएको छ । यो नै विश्व फुटबलमा एउटा बहसको विषय पनि रहँदै आएको छ ।

भर्खरै बीबीसीले एउटा नयाँ वृत्तचित्र बनाएको छ । त्यसको शीर्षक छ, ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’ । उपाधि, कीर्तिमान र उत्कृष्ट हुने चाहनाले मेसी र रोनाल्डोलाई अझैसम्म राम्रो खेल्न प्रेरित गरिरहेको छ । यसपल्ट उनीहरू अन्तिम पटक विश्वकप खेल्ने निश्चित जस्तै छ । यस्तोमा फेरि एकपल्ट बहस चल्न सुरु भएको छ, मेसी राम्रो कि रोनाल्डो ? 

दुवै खेलाडीसँग एउटै टिमबाट खेल्ने मौका पाएका अर्जेन्टिनी एन्जेल डी मारिया भन्छन्, ‘उनीहरूले विश्व फुटबललाई परिवर्तन गरे ।’ तर कसैले मेसी राम्रो कि रोनाल्डो भनेर ठ्याक्कै उत्तर दिन सकेका छैनन् । अझ भनौं, व्यक्तिपिच्छे रोजाइ फरक हुन्छ । जस्तो, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्ड भन्छन्, राम्रो त रोनाल्डो हुन् । यता बार्सिलोनाका जाभी भन्छन्, मेसी जत्तिको खलाडी अरू कोही हुन सक्दैनन् । 

सन् २०१२ मा यही बहसलाई अगाडि बढाउन रोनाल्डोको एउटा भनाइ आएको थियो । रोनाल्डोले भनेका थिए, ‘फेरारी र पोसेमा तुलना नै हुन्न, दुवैको इन्जिन नै फरक छ । केही मलाई राम्रो भन्छन्, केही मेसीलाई । तर मलाई के लाग्छ भने म नै अगाडि छु ।’ 

तथ्यांकले के भन्छ ? गोल र युरोपेली च्याम्पियन्स लिग उपाधिका आधारमा रोनाल्डो अगाडि छन् । बालोन डी‘अर र जितेका उपाधिका आधारमा मेसी अगाडि छन् । रोनाल्डोले २०१६ मा पोर्चुगलका लागि युरो जित्दा धेरैले अब उनी नै अगाडि भन्थे ।

The Messi-Ronaldo rivalry that changed footballत्यसयता मेसीले अर्जेन्टिनाका लागि दुई कोपा अमेरिका र एक विश्वकप उपाधि जितिसकेका छन् । स्पेनी फुटबल विशेषज्ञ गुलेम बालाग्वेले दुवै खेलाडीको आत्मकथा लेखेका छन् । उनको भनाइ छ, ‘मेरो लागि मेसी विश्व फुटबल इतिहासकै उत्कृष्ट हुन् । अनि रोनाल्डो इतिहासकै सबैभन्दा उत्कृष्ट गोलकर्ता ।’ यस्तै पोर्चुगलका लागि रोनाल्डो र बार्सिलोनाका लागि मेसीसँग खेल्ने अवसर पाएका डेको भन्छन्, ‘दुवै विशेष छन् । दुवै नितान्त फरक खेलाडी हुन् ।’

उनका अनुसार दुवैले लामो समय एकनासले माथिल्लो स्तरको फुटबल खेले, त्यसैले यो नै सबैभन्दा ठूलो हो । उनी थप्छन्, ‘केही वर्षका लागि राम्रो खेल्ने खेलाडी धेरै हुन्छन् । तर कसैले २० वर्षसम्म राम्रो खेल्छ भने त्यो असाधारण हो ।’ अनि मेसी राम्रो कि रोनाल्डो भन्ने बहसको सबैभन्दा राम्रो पक्ष भन्नु नै यही हो । यो कहिले पनि चर्चा हुन रोकिने छैन र कहिल्यै एउटै उत्तर पनि आउने छैन । यो कहिल्यै समाधान नभएकै राम्रो पनि ।

खासमा यी दुई खेलाडी असाध्यै फरक त हुन नै । उनीहरूमा समानता पनि उत्तिकै छ । दुवै जन्मेहुर्केको साधारण परिवारमै हो । दुवैले आफ्नो सपना पूरा गर्न चाँडै घर छाडे । रोनाल्डो र मेसीबारे पुस्तक लेखेका जोनाथन क्लेग भन्छन्, ‘पछिल्लो २० वर्षमा उनीहरूले जसरी फुटबल खेले, सबैभन्दा पहिले त्यसको प्रशंसा हुनुपर्छ ।’ साँच्चै केही हदसम्म उनीहरू दुई फरक ध्रुवका खेलाडी हुन् । एक ड्रिब्लिङ गर्छन्, अर्कोको शरीर नै बलियो । एकजना केही लजालु छन्, अर्को घमन्डी पाराकै छन् । यो त पेप ग्वार्डिओलाको बार्सिलोनाविरुद्ध जोसे मोउरिन्होको रियल म्याड्रिड जस्तै हो । अझ भनौं, एडिडासविरुद्ध नाइक ।

खासमा यी दुई खेलाडी असाध्यै फरक त हुन नै । उनीहरूमा समानता पनि उत्तिकै छ । दुवै जन्मेहुर्केको साधारण परिवारमै हो । दुवैले आफ्नो सपना पूरा गर्न चाँडै घर छाडे । मेसी अर्जेन्टिना छाडेर बार्सिलोना पुग्दा १३ वर्षका थिए अनि रोनाल्डोले माडेरिआ छाडेर लिस्बन लागेको त १२ वर्षमै हो । घर छाडेयता दुवैलाई सुरुमा कहिल्यै सहज भएन । वालस्ट्रिट जर्नलका पत्रकार जोसुआ रोबिन्सनले मेसी रोनाल्डो पुस्तकमा सहलेखन गरेका छन् ।

उनी भन्छन्, ‘धेरैले मेसी र रोनाल्डो फरक खाले खेलाडी भन्छन्, तर तिनमा वास्तवमै धेरै समानता पनि पाइन्छ । उनीहरूले सुरुमा त्यस्तो गन्तव्य रोजे, जहाँ सम्भावना पर्याप्त थियो । तर त्यसमा अत्यधिक जोखिम पनि थियो । उनीहरूको बाल्यकाल धेरै हदसम्म समान ढंगले बितेको थियो भन्दा हुन्छ । दुवैले आफ्नो खेल जीवनमा असाध्यै मिहिनेत गरेका छन् । विश्वकै उत्कृष्ट खेलाडी हुन्, तिनको त्याग र तसस्या धेरै छ ।’

दुवैले सानो उमेरमै आफ्नो असीमित प्रतिभा देखाइसकेका थिए । जाभी भन्छन्, ‘सुरुमै मेसी फरक छन् भनेर स्पष्ट देखिन्थ्यो । उनमा राम्रो खेल्ने क्षमता त थियो नै । केही नयाँ सिक्नमा पनि माहिर थिए । मलाई लाग्छ, रोनाल्डोले मेसीलाई अझ राम्रो खेल्न दबाब दिइरहे ।’ यता रोनाल्डो भने किशोर उमेरमै स्पोर्टिङबाट म्यानचेस्टर युनाइेड पुगे । त्यही बेला उनलाई नजिकबाट चिन्नेमा रेने मेलेन्सटिन पनि थिए ।

प्रशिक्षणको समूहमा रहेका उनी भन्छन्, ‘मैले उनी जत्तिको आत्मविश्वासी खेलाडी, त्यो पनि कम उमेरमै, त्यसअघि देखेकै थिइनँ । जति बेला उनी युनाइटेडमा आए, उनको एउटै उद्देश्य थियो, विश्व फुटबलकै उत्कृष्ट खेलाडी हुने । उनी जे पनि चाँडै सिक्थे ।’ 

The Messi-Ronaldo rivalry that changed footballसन् २००८ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोना र युनाइटेड भिडेका थिए । त्यो पहिलो मेसीविरुद्ध रोनाल्डो थियो । बालाग्वे भन्छन्, ‘त्यही बेला मेसी ला लिगामा उत्कृष्ट थिए भने रोनाल्डो प्रिमियर लिगमा । उनीहरूको खेल हेर्दा नै थाहा हुन्थ्यो, अब केही विशेष हुने क्रममा छ ।’ 

त्यति बेला उपाधि युनाइटेडले जित्यो, रोनाल्डोले बालोन डी‘अर पनि हात पारे । अनि दुई खेलाडीबीचको प्रतिद्वन्द्विता पहिलो पटक मज्जाले सुरु भयो । टिकी बेगसिरिस्टाइन २००३ देखि २०१० सम्म बार्सिलोनाको निर्देशक रहे । उनी मान्छन्, मेसी र रोनाल्डो दुवैले स्पेनमा खेल्न थालेपछि दुईबीचको प्रतिद्वन्द्विता अझ झाँिंगयो ।

सन् २००९ मा रोनाल्डो ८ करोड पाउन्डमा युनाइटेडबाट रियल गए । त्यसपछि त विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतिद्वन्द्विता बार्सिलोनाविरुद्ध रियलले थप उचाइ पायो । २०१८ मा रोनाल्डोले युभेन्ट्सका लागि रियल छाड्दा उनीहरूले एक आपसमा पाँचपल्ट बालोन डी‘अर जिते । यी ९ सिजनमा रोनाल्डोले रियलका लागि ४ सय ५० गोल गरे । मेसीले भने बार्सिलोनाका लागि ४ सय ७१ गोल गरे । 

बेगसिरिस्टाइन के पनि मान्छन् भने यो अवधिमा रोनाल्डोको एकमात्र उद्देश्य मेसीलाई उछिन्नु थियो, मेसीको पनि रोनाल्डोलाई उछिन्नु । उनी भन्छन्, ‘मोउरिन्होविरुद्ध ग्वार्डिओला प्रतिद्वन्द्वी धेरै चर्केको पनि यही बेला त हो । प्रेस बक्समा होस् वा पत्रिका अथवा सामाजिक सञ्जालमा चारैतर्फ मात्र एउटै चर्चा हुन्थ्यो, अब मेसीले के गर्नेछन् अनि रोनाल्डोले के गर्नेछन् । उनीहरूको व्यक्तिगत टकरावले फुटबललाई अर्कै स्तरमा पुर्‍याउने काम गरेको थियो ।’

The Messi-Ronaldo rivalry that changed footballयसबीचमा मेसीले स्पेनी ला लिगा बढी जिते । रोनाल्डो भने च्याम्पियन्स लिग । रोनाल्डो युभेन्ट्स लागेपछि दुई खेलाडीबीचको प्रतिद्वन्द्विता कम्तीमा स्पेनमा केही सेलायो, तर विश्वस्तरमा अझ बढ्यो । रोनाल्डो युभेन्ट्सबाट फेरि युनाइटेड गए । त्यसपछि अहिले साउदी अरेबियामा अल नासरका लागि खेलिरहेका छन् । मेसी भने बार्सिलोना छाडेर सुरुमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । त्यसपछि इन्टर मियामीका लागि अमेरिका पुगे ।

मेसीले यसैक्रममा पछिल्लो विश्वकप पनि जिते । रोनाल्डोले यो एउटा काम भने गर्न सकेका छैनन् । के त्यस अर्थमा मेसी एक पाइला भए पनि अगाडि छन् त ? सायद यो बहस अझै सकिएको छैन । यसपल्टको विश्वकपमा समूह चरणपछि अर्जेन्टिना र पोर्चुगलको भेट हुनसक्छ । यसले उनीहरूको प्रतिद्वन्द्वितालाई नयाँ मोड दिन सक्छ । यो पनि गजब हुनेछ ।

एन्डी उनी बीबीसीका खेल पत्रकार हुन्।

Link copied successfully