बिहानी कपको उपाधि जिरिखिम्ति फुटबल क्लबलाई 

सहिदभूमिकाे सुके आहाल खेलमैदानमा सम्पन्न प्रतियोगितामा आयोजकसहित २१ टिमको सहभागिता थियो ।

फाल्गुन १२, २०८२

विनोद घिमिरे

Jirikhimti Football Club wins Bihani Cup title

धनकुटा — बिहानी कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमको जिरिखिम्ति फुटबल क्लबले जितेको छ । सहिदभूमिको सुके आहाल खेलमैदानमा सम्पन्न प्रतियोगितामा आयोजकसहित २१ टिमको सहभागिता थियो । फाइनल खेलमा जिरिखिम्ति फुटबल क्लबले आयोजक बिहानी युवा क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि जिरिखिम्तिले निर्णायक क्षणमा अग्रता कायम गर्न सफल भयो । विजेता जिरिखिम्ति फुटबल क्लबले नगद १ लाख ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । उपविजेता बिहानी युवा क्लबले नगद ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्त बुझायो । ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि प्रवर्द्धन गर्दै युवालाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बालकुमार राईले बताए । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully