गोकुन्डेश्वर बालमन्दिरलाई नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड उपाधि

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दोलगायत खेलमा प्रतिस्पर्धा भएको थियो ।

फाल्गुन ८, २०८२

विनोद घिमिरे

Gokundeshwor Children's Temple wins municipal-level President's Running Shield title

धनकुटा — नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि गोकुन्डेश्वोर बालमन्दिर माध्यमिक विद्यालयले हात पारेको छ ।

बुधबारदेखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सन्चालित प्रतियोगितामा आयोजक भाषा माध्यमिक विद्यालय दोश्रो र हिलेको मदरल्याण्ड बोर्डिङ स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दोलगायत खेलमा प्रतिस्पर्धा भएको थियो । आयोजक भाषा माध्यमिक विद्यालय कागतेका प्रधानाध्यापक गोविन्द राईका अनुसार सामुदायिक र संस्थागत गरी १५ भन्दा बढी विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी थिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully