शुक्रबार भएको फाइनल खेलमा भोजपुरकै आमचोक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै हतुवागढीले उपाधि जितेको हो ।
धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न ढोलमुखामा दोस्रो अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी गाउँपालिकाले हात पारेको छ ।
आज भएको फाइनल खेलमा भोजपुरकै आमचोक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै हतुवागढीले उपाधि सुरक्षित गरेको हो ।
विजयी बनेसँगै हतुवागढीले नगद १ लाख १ हजार १ सय ११, ट्रफी,मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । उपविजेता बनेको आमचोक गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।
विजेता र उप-विजेता दुवै टिमलाई सहिदभूमि गाउँपालिका–२ का अध्यक्ष खगेन्द्र राई, खाल्साथुम छिन्ताङ्ग युवा क्लबका निवर्तमान अध्यक्ष अनिश राई, संस्थापक अध्यक्ष वसन्त राई, क्लबका सल्लाहकार राज कुमार राईले पुरस्कार र प्रमाणपत्र वितरण गरे । खेलमा ६ टिम सहभागी थिए ।
