NPL: Final match of the league stage [Photos]

Karnali Yaks defeated Janakpur Bolts by 3 runs on Sunday in the final match of the NPL league stage.

Mangshir 21, 2082

Hemant Shrestha

NPL: Final match of the league stage [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Defending champions Janakpur Bolts have finished last in the Nepal Premier League (NPL) cricket tournament. Janakpur were defeated by Karnali Yaks by 3 runs in the final match of the league stage on Sunday.

NPL: Final match of the league stage [Photos]

टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । जवाफमा आएको जनकपुरले ७ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।

NPL: Final match of the league stage [Photos]

सञ्जय कृष्णमूर्तिको सानदार प्रदर्शनपछि जनकपुरलाई विजयका लागि अन्तिम ओभरमा १४ रन बनाउनु पर्ने समीकरण बनेको थियो । अन्तिम दुई बलमा यो ९ रनको स्थितिमा पुगेको थियो । कप्तान यान निकोल लफ्टी इटनले पाँचौँ बलमा ४ चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा उनले १ रनमात्र जोडे । दोस्रो रन लिने प्रयासमा उनका जोडी आदित्य महता रनआउट हुन पुगे ।

NPL: Final match of the league stage [Photos]

जनकपुरका दुई प्रमुख खेलाडी मार्की आसिफ शेख र कप्तान अनिल साह शून्यमा आउट भएका थिए । ओपनर माज सदाकत १२ र मयान यादव ९ रनमा आउट भए । कृष्णमूर्ति र संगीथ कोरेले पाँचौं विकेटमा ७५ रनको साझेदारी गरी जनकपुरको स्थितिलाई सुधारेका थिए ।

NPL: Final match of the league stage [Photos]

कोरेले ३२ बल खेली १ चौका प्रहार गरि २५ रन बनाए । कृष्णमूर्तिले ३९ बल खेली ५१ रन बनाए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका उनले दीपेन्द्र रावतलाई लगातार ३ छक्का प्रहार गरेका थिए । उनले कुल १ चौका र ४ छक्का प्रहार गरे । लफ्टी इटन १३ रनमा अविजित रहे ।

NPL: Final match of the league stage [Photos]

कर्णालीबाट विलियम बोसिस्टोले २ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १८ रन खर्चे । मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर १ विकेट लिए । उनीसँगै पवन सर्राफ, नन्दन यादव र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।

NPL: Final match of the league stage [Photos]

यी दुवै यस खेलअघि नै टोली प्लेअफ दौडबाट बाहिरिसकेका थिए । जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो । कर्णालीले ७ खेलमा २ मा विजय र ५ मा पराजयको नतिजा निकालेको हो ।

NPL: Final match of the league stage [Photos]

यसअघि कर्णालीबाट ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाएका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले ३२ बल खेली समान १ चौका र छक्का प्रहार गरे । उनका ओपनिङ जोडी वाट ४ रनमै आउट भएका थिए भने प्रिंयाक पान्चालले १८ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए ।

NPL: Final match of the league stage [Photos]

गुलशन झा २० बल खेली १ चौका प्रहार गरी १९, बोसिस्टो १५, नाजिबुल्लाह जाद्रान १३, सर्राफ १, अर्जुन घर्ती ४ रनमा आउट भए । सोमपालले ११ बल खेली समान १ चौका र छक्कासहित १८ रन बनाई अविजित रहे । दीपेन्द्रले २ रन बनाए ।

NPL: Final match of the league stage [Photos]

जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए । ललितले ३ ओभरमा १६ र एकमात्र ओभर गरेका आदित्यले ९ रन खर्चे । कोरे, अनिल र सदाकतले १–१ विकेट लिए । 

NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]
NPL: Final match of the league stage [Photos]

Hemant

Link copied successfully