एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व विभिन्न ठाउँमा ट्रफी प्रदर्शन कार्यक्रम भइरहेको हो।
बर्दिया — गुलरियामा नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी प्रदर्शन गरिएको छ । गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा सोमबार ट्रफी प्रदर्शन गरिएको हो ।
एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व विभिन्न ठाउँमा ट्रफी प्रदर्शन कार्यक्रम भइरहेको छ । सोहीक्रममा सोमबार गुलरियामा ल्याइएको ट्रफीको भव्य रूपमा स्वागत गरिएको छ ।
गुलरियामा लुम्बिनी लायन्सले एनपीएलको ट्रफी ल्याएर जिल्लावासीलाई क्रिकेटसँग जोड्न प्रयास गरेकामा लुम्बिनी लायन्स क्लब धन्यवादको पात्र रहेको बर्दियाका पूर्व क्रिकेट खेलाडी दीपकलाल श्रेष्ठले बताए ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, खेलप्रेमी, शिक्षक विद्यार्थीलगायत उपस्थित थिए ।
