काठमाडौं – नेपालकी प्रिन्सा खाँडले अन्तर्राष्ट्रिय रोलर स्पिड स्केटिङ प्रतियोगितामा कांस्य पदक जितेकी छन् । माल्दिभ्सको मालेमा सेप्टेम्बर ४ देखि ६ सम्म भएको प्रतियोगितामा प्रिन्साले १ हजार मिटरमा उक्त पदक जितेकी हुन् ।
नेपालमा गत साता भएको जेनजी पुस्ताको प्रदर्शनका कारण नेपाली स्केटिङ टोली माल्दिभ्समै रोकिएको थियो । शनिबार मात्र नेपाली टोली काठमाडौं आइपुगेको थियो । नेपाली टोलीलाई संघका अध्यक्ष अच्युत खनाल, बागमती संघका अध्यक्ष विकास लामा, प्रशिक्षक बरालसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
