दोस्रो पर्वतीय दौड असोज ११ मा

भाद्र ३०, २०८२

पोखरा– दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मितिभन्दा एक साता पछि सरेको छ । दौड विश्व पर्यटन दिवसकै दिन असोज ११ गते हुने भएको छ ।

मिति सार्नुपरेकामा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले खेलाडी, खेलकर्मी, उद्योगी, व्यवसायी, अतिथिसँग क्षमायाचना गरेको छ । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी गराए । 

आयोजकका अनुसार हालसम्म ७५ धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् । २ सय ५० जनासम्म धावकलाई व्यवस्थापन गर्ने जनाइएको छ । 

Link copied successfully