वान–डे एकेडेमी श्रीलंका जाने

भाद्र ३०, २०८२

काठमाडौं– वान–डे क्रिकेट एकेडेमीले श्रीलंका भ्रमण गर्ने भएको छ । काठमाडौंको पेप्सीकोलामा अवस्थित वान–डे एकेडेमीले कोलम्बोमा सेप्टेम्बर १६ देखि २४ सम्म आयोजना हुने यू–१४ क्रिकेटमा खेल्ने छ ।

वान–डे एकेडेमीका प्रमुख शशि केशरीका अनुसार नेपाली टोलीले भ्रमणका क्रममा ३ एकदिवसीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ । खेलहरू कोलम्बोको विभिन्न मैदानमा हुनेछ । १७ सदस्यीय वान–डे एकेडेमी टोली मंगलबार साँझ त्यसतर्फ लाग्ने छ । 

रिजेन बस्नेतको कप्तानीमा रहेको वान–डे एकेडेमीमा सेउन्स यादव (उपकप्तान), स्विकार खड्का (विकेटकिपर), अभिरुप खनाल, इन्चोन राउत, लक्ष्यजीत मल्ल, अभिक अछामी, रेयान्श राज, आरभ विष्ट, उत्कर्ष प्रधान, सामथ्र्य खड््का, रुदभराज विष्ट, प्रज्ज्वल रिजाल, हार्दिक न्यौपाने, विमर्श भण्डारी छन् । टोलीमा पुरुषोत्तम झा (प्रशिक्षक) र सम्भवी झा (व्यवस्थापक) रहेका छन् । 

Link copied successfully