नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

भाद्र २९, २०८२

काठमाडौं–असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन आइतबार स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । 

नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गरेको हो । 

एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘यो यस वर्षकै लागि रोकिएको होइन । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’

नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ ।

Link copied successfully