नेपोलीको लगातार तेस्रो जित

भाद्र २९, २०८२

काठमाडौं– रसमस होजलन्डले आफ्नो डेब्यु खेलमा गोल गरेपछि नेपोलीले इटालीको सिरी ए मा शनिबार फियोरेन्टिनामाथि ३–१ को जित दर्ता गरेको छ । 

डिफेन्डिङ च्याम्पियन नेपोलीको यो लगातार तेस्रो जित हो । तीन खेलबाट अधिक्तम नौ अंकमा नेपोली शीर्षमा छ । उसका लागि केभिन डे ब्रुएना र साम बेकेमाले पनि एक एक गोल गरे । 

फियोरेन्टिनाबाट सम्भव भएको एक मात्र गोल लुका रेनेरीको नाममा रह्यो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा युभेन्ट्सले इन्टर मिलानलाई सात गोलको रोमाञ्चक खेलमा ४–३ ले पराजित गर्‍यो । 

त्यसमा भासिलिज एडजिचले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा युभेन्ट्सका लागि निर्णायक गोल गरे ।  युभेन्ट्स पनि नौ अंकमा दोस्रो स्थानमा छ ।

Link copied successfully