ब्रेन्टफोर्डसँग चेल्सीको बराबरी

भाद्र २९, २०८२

काठमाडौं– फाबियो कारभाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ ।

मोसे काइसेडोले ८५ औं मिनेटम गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेपछि टिम विजयीतर्फ अग्रसर देखिएको थियो । यसअघि केभिन स्चाडेको गोलले ब्रेन्टफोर्डले अग्रता लिएपछि कोल पाल्मेरले बराबरी गोल फर्काएका थिए ।

यो यो नतिजापछि चेल्सी आठ अंकमा पाँचौं स्थानमा छ । शनिबारका अन्य खेलमा टोटनहमले वेस्ट ह्यामलाई ३–०, न्युकासल युनाइटेडले उल्भ्सलाई १–०, फुलहमले लिड्स युनाइटेडलाई १–० र बर्नमाउथले ब्राइटनलाई २–१ ले हरायो ।

यस्तै क्रिस्टल प्यालेस र सन्डरल्यान्ड तथा एभरटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेले । बर्नमाउथ र टोटनहम समान नौ अंकम शीर्ष चारभित्र छन् । 

Link copied successfully