स्पेनी ला लिगाको शनिबार भएका खेलमा दुवै म्याड्रिड क्लब विजयी भएका छन् । रियल सोसिडाडमाथि २–१ को जित रच्दै रियल शतप्रशित प्रदर्शन कायम राख्न सफल रह्यो ।
रियलको चार खेलबाट अधिक्तम १२ अंक छ । उसका लागि लागि केयलिन एमबापेले १२ औं मिनेटमा पहिलो गोल गरे भने आर्डा गुलेरले ४४ औं मिनेटमा दोस्रो गोल थपे ।
सोसिडाडका लागि मिखेल आयरजाबलले ५६ औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए । एटलेटिकोले भने अर्को खेलमा भिल्लारियललाई २–० ले हरायो । त्यसमा पाब्लो बारोस र निकोलस गोन्जालेजले गोल गरे ।
